काठमाडौं- स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले राष्ट्रिय ट्रमा सेन्टरको निमित्त मेडिकल सुपरिटेन्डेन्टमा डा प्रमोद जोशीलाई नियुक्त गर्ने निर्णय गरेको छ।
स्वास्थ्य राज्यमन्त्री उमेश श्रेष्ठले डा जोशीलाई निमित्त मेडिकल सुपरिटेन्डेन्टमा नियुक्त गर्ने निर्णय गरेका हुन्। डा जोशी हाडजोर्नी रोग विशेषज्ञ हुन्। उनी १० औं तहका कर्मचारी हुन्।
मन्त्रालयले डा सन्तोष पौडेललाई निमित्त मेडिकल सुपरिटेन्डेन्टको जिम्मेवारीबाट हटाउँदै डा जोशीलाई जिम्मेवारी दिएको हो। मन्त्रालयका अनुसार डा पौडेललाई कान्ति बाल अस्पतालमा पठाइएको छ। उनको काज भने ट्रमा सेन्टरमा नै राखिएको छ।