काठमाडौं– स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले राष्ट्रिय स्वास्थ्य शिक्षा तथा सूचना केन्द्रको निर्देशकमा सुनिल शर्मालाई जिम्मेवारी दिएको छ।
मंगलबार स्वास्थ्य राज्यमन्त्री स्तरीय निर्णय गर्दै स्वास्थ्यराज्य मन्त्री उमेश श्रेष्ठले शर्मालाई केन्द्रको निर्देशकको जिम्मेवारी दिएको हो।
शर्माले पहिला पनि केन्द्रको नेतृत्व सम्हालेका थिए। तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको सरकार हुँदा उनलाई सो जिम्मेवारीबाट हटाएर भूमिका विहीन बनाइएको थियो।
यस्तै केन्द्रकी निर्देशक राधिका थपलियालाई स्वास्थ्य सेवा विभागमा सरुवा गरिएको छ।