काठमाडौं- सरकारले फाजिलमा रहेका स्वास्थ्य सेवा अन्तर्गतका स्थायी कर्मचारीलाई कोभिड-१९ प्रतिकर्षका लागि जनस्वास्थ्य निरीक्षकका रुपमा खटाउने भएको छ।
इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाले फाजिलमा रहेका कर्मचारीलाई सात दिनभित्र रीतपूर्वक दरखास्त दिन आह्वान गरेको छ।
जनस्वास्थ्य निरीक्षक परिचालन सम्बन्धी पदपूर्ति समितिको मंगलबार बसेको बैठक अनुसार महाशाखाले ७ दिनभित्र दरखास्त दिन आह्वान गरेको हो।
फाजिलमा रहेका कर्मचारीले फाजिलमा रहेको कागजपत्र र जनस्वास्थ्य विषयमा स्नातक गरी काउन्सिल दर्ता प्रमाणपत्र बुझाउनु पर्ने हुन्छ।
हेरौं सूचना
यो पनि :
कोभिड प्रतिकार्यका लागि देशभर १०७७ जना जनस्वास्थ्य निरीक्षक नियुक्त हुँदै, तलब-भत्ता ५७ हजार (कार्यविधि सहित)