काठमाडौं- नेपालमा २० प्रतिशत जनसंख्याले कोरोना विरुद्धको पहिलो मात्रा खोप पाएका छन्। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका बिहीबारसम्म अनुसार खोप ६० लाख ५७ हजार १९४ पहिलो मात्रा खोप लगाएका छन्।
त्यसैगरी, ५४ लाख ७३ हजार १५१ अर्थात १८ प्रतिशतले पूर्ण मात्रा खोप लगाएका छन्। स्वास्थ्य मन्त्रालयको बिहीबारको तथ्यांक अनुसार पछिल्लो २४ घण्टामा एक लाख १० हजार ८९९ जनाले कोरोना विरुद्धको खोप लगाएका छन्।
नेपालमा हालसम्म २४ लाख ९३ हजार ३३३ जनाले अक्सफोर्ड एस्ट्राजेनेकाको पहिलो मात्रा र १४ लाख ४५ हजार ३५१ जनाले दुबै मात्रा खोप लगाएका छन्।
त्यसैगरी, ३५ लाख ६३ हजार ८१ जनाले भेरोसेल खोपको पहिलो मात्रा र २६ लाख २७ हजार ६५५ जनाले पूर्ण खोप लगाएका छन्।
एक मात्रा लगाएपुग्ने जोन्सन एन्ड जोन्सन भने १५ लाख ४५ जनाले लगाएको स्वास्थ्य मन्त्रालयले जनाएको छ।