काठमाडौं- नेपाल स्वास्थ्य अनुसन्धान परिषद्का कार्यकारी सदस्यसचिव डा प्रदीप ज्ञवाली विपद् न्युनिकरण सम्बन्धि राष्ट्रिय पुरस्कारबाट सम्मानित भएका छन्।
शिक्षा विज्ञान तथा प्रविधि मन्त्रालयले राष्ट्रिय विज्ञान दिवसको अवसरमा डा ज्ञवालीलाई सो पुरस्कारबाट सम्मान गरिएको हो।
अनुसन्धानको क्षेत्रबाट विपद् न्युनिकरणमा उल्लेख्य भूमिका खेलेको भन्दै डा ज्ञवालीलाई २५ हजार नगद राशी र प्रमाणपत्रबाट सम्मान गरिएको हो।
यसैबिच, नेपाल अनुसन्धान परिषद्ले सम्मानित भएको डा ज्ञवालीलाई बधाई ज्ञापन गरेको छ।