काठमाडौं- स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले बाह्रौं तह (प्रमुख विशेषज्ञ) मा बढुवा गर्नका लागि आवश्यक प्रक्रिया अगाडि बढाएको छ। मन्त्रालयमा शुक्रबार बसेको बढुवा समितिको बैठकले रिक्त रहेको पदमा बढुवा गर्न प्रक्रिया अगाडि बढाउने निर्णय गरेको हो।
बैठकले आइतबार बढुवाका लागि सूचना निकाल्ने निर्णय गरेको छ। '१५ दिनको समय दिएर सूचना निकाल्ने निर्णय भएको छ,' मन्त्रालयका एक कर्मचारीले भने, 'भोलि शनिबार भएकाले अब आइतबार सूचना निकाल्ने तयारी भएको छ।'
मन्त्रालयमा हाल १२ औं तहको दुई वटा पद रिक्त रहेको छ। स्वास्थ्यको ११औं तहमा ५ वर्ष काम गरेका स्वास्थ्यकर्मीले १२ औं तहमा बढुवा हुनका लागि आवदेन दिन सक्ने छन्।
मन्त्रालयका अनुसार ११ औं तहको बरियतामा पहिलो नम्बरमा डा भीमसिंह टिकंरी छन्। दोस्रो नम्बरमा डा गुणराज लोहनी, तेस्रो नम्बरमा डा तारा पोखरेल, चाैथाे नम्बरमा डा तारानाथ पौडेल, पाँचाै नम्बरमा सुनिलराज शर्मा, छैटाैं नम्बरमा डा कृष्णप्रसाद पौडेल, साताैं नम्बरमा डा वासुदेव उपाध्याय, आठौं नम्बरमा डा संगीता कौशल मिश्रा, नवाैं नम्बरमा डा श्यामसुन्दर यादव र दशौं नम्बरमा डा श्रीकृष्ण श्रेष्ठ छन्।