काठमाडौं- त्रिवि शिक्षण अस्पताल परिसरमा रहेको बिपी कोइराला लायन्स नेत्र अध्ययन केन्द्रको कार्यकारी निर्देशकमा डा सगुन जोशी नियुक्त भएका छन्।
वरिष्ठ नेत्र विशेषज्ञ डा जोशीले आइतबार निर्देशकको पत्र बुझेका हुन्। उनलाई त्रिवि कार्यकारी परिषदले आजबाट नै लागू हुने गरी कार्यकारी निर्देशकमा नियुक्त गरेको हो। निर्देशकको कार्यकाल चार वर्षको हुनेछ।
केन्द्रका यसअघिका निर्देशक डा आनन्दकुमार शर्माको कार्यकाल सकिएपछि त्रिविले डा जोशीलाई नियुक्त गरेको हो।
डा जोशीको नाम त्रिवि चिकित्सा शास्त्र अध्ययन संस्थानले त्रिवि कार्यकारी परिषदमा सिफारिस गरेको थियो। संस्थानको सिफारिसका आधारमा परिषदले डा जोशीलाई जिम्मेवारी दिएको हो।