काठमाडौं - नेपाल छाला यौन तथा कुष्ठ रोग समाजले १६ औँ वार्षिक सम्मेलन सम्पन्न गरेको छ। दुई दिने गोष्ठी आयोजना गरी समाजले आइतबार आफ्नो १६ औं वार्षिक सम्मेलन सम्पन्न गरेको हो।
उक्त गोष्ठी थ्री डी मोडलको उपयोग गरी भर्चुअल माध्यमबाट आयोजना गरिएको संस्थाकी अध्यक्ष प्रा.डा सबिना भट्टराईले बताइन्।
‘उपेक्षित रोगको उपचारको चुनौती’ नारा रहेको उक्त गोष्ठीमा सरोकारवालाहरुले छाला सम्बन्धी रोगहरुका विषयमा केन्द्रित रहेर अन्तरक्रिया गरेको थियो।
सम्मेलनमा वरिष्ठ डा विजय बहादुर राज भण्डारी, डा सुदिप पराजुली, डा मनिषा सिहं र प्रा. डा अर्पना रिजाल लगायतको सहभागिता थियो।
नेपाल जर्नल अफ डर्माओलोजिस्टको, लेप्रोलोजी र भेनेरियोलोजी १९ भोल्युमको र अर्को कनसेनसस गाइडलाइन्स गरी दुई पुस्तक सार्वजनिक गरिएको छ। कार्यक्रममा विभिन्न देश र विदेशका विशेषज्ञहरुले विभिन्न विषयहरुमा शोधपत्रहरू समेत प्रस्तुत गरेका थिए।