काठमाडौं - प्रधानमन्त्री शेरबहादुर देउवाको निजी सचिवालयमा जनस्वास्थ्य अधिकृत दिपक भट्ट नियुक्त भएका छन्। भट्टलाई मंगलबार निजी सचिवालयमा नियुक्त गरिएको हो।
नेपाल स्वास्थ्यकर्मी संघका केन्द्रीय महासचिव समेत रहेका भट्ट स्वास्थ्य सेवा विभागमा कार्यरत छन्। प्रधानमन्त्रीको सचिवालयमा नियुक्त भएका भट्टलाई स्वास्थ्य मन्त्रालयले काजमा खटाउने निर्णय समेत गरेको छ।
भट्ट नेपाल स्वास्थ्य व्यवसायी परिषदका रजिष्ट्रार समेत भएका थिए।