काठमाडौं- सरकारले बागमती प्रदेशको स्वास्थ्य मन्त्रालयको सचिवमा बद्रीबहादुर खड्कालाई नियुक्त गरेको छ। प्रदेशमा हालै स्वास्थ्य मन्त्रालय बनाइएको थियो।
खड्कालाई मन्त्रिपरिषदको निर्णय अनुसार सचिवमा नियुक्त गरिएको हो। स्वास्थ्य शिक्षा समूहका ११औं तहमा कार्यरत खड्का प्रदेशका वरिष्ठ कर्मचारी हुन्।
खड्काले आज पत्र बुझेका छन्। पत्र बुझेपछि उनले भने, 'पत्र बुझेको छु। सरकारले नयाँ जिम्मेवारी दिएको छ। उक्त जिम्मेवारी अनुसार काम अगाडि बढाउँछु।'
सचिवमा नियुक्त हुनुअघि खड्का स्वास्थ्य कार्यालय काठमाडौंमा प्रमुखका रुपमा कार्यरत थिए। खड्का स्वास्थ्य शिक्षा तथा सूचना केन्द्रको निर्देशक समेत भइसकेका छन्।