काठमाडौं– नेपाल कम्युनिष्ट पार्टी (एकिकृत समाजवादी)का अध्यक्ष तथा पूर्व प्रधानमन्त्री माधव कुमार नेपालको स्वास्थ्यमा समस्या आएको छ।
नेता नेपाललाई ज्वरो र खोकीको समस्या देखिएपछि बुधबार त्रिवि शिक्षण (टिचिङ) अस्पताल भर्ना गरिएको उनको निजी सचिवालयले जानकारी दिएको छ।
अहिले नेता नेपालको स्वास्थ्य अवस्था सामान्य रहेको जनाइएको छ। चिकित्सकहरुले केही दिन आरामसहित उपचार गर्नुपर्ने सल्लाह दिएका नेपालका स्वकीय सचिव मोहन गौतमले जानकारी दिएका छन्।
नेपालको उपचारमा त्रिवि शिक्षण अस्पतालका वरिष्ठ छाती रोग विशेषज्ञ डा सन्तकुमार दास सहितको टोली संलग्न रहेको जनाइएको छ।