ललितपुर- सानेपास्थित स्टार हस्पिटल र खुशी खुशी बचत तथा सहकारी संस्था लिमिटेड मातातीर्थ, काठमाडाैबीच सहकार्य सम्बन्धि सम्झौता पत्रमा हस्ताक्षर भएको छ।
सम्झौता पत्रमा स्टार हस्पिटलको तर्फबाट अस्पतालका कार्यकारी अध्यक्ष किशोरकुमार महर्जन तथा खुशी खुशी बचत तथा सहकारी संस्था लि. का अध्यक्ष बटु कृष्ण थापाले हस्ताक्षर गरेका हुन्।
सम्झौताअनुसार स्टार हस्पिटलले खुशी खुशी बचत तथा सहकारी संस्थाका कर्मचारी, शेयरधनी तथा सदस्यहरुलाई उपचार खर्चमा आकर्षक छुट प्रदान गर्नेछ। र, सहकारीका सेयरधनी सदस्यहरुलाई सहुलियत दरमा हेल्थ प्याकेज सेवा उपलब्ध गराउने अस्पतालमा सिओओ डा. सन्देश जिसीले बताए।
छुट सुविधा प्राप्त गर्न सहकारी संस्थाका सदस्यहरुले संस्थाको परिचयपत्र देखाउनुपर्नेछ। डा. जिसीका अनुसार अस्पतालले सामाजिक क्षेत्रमा कार्यरत विभिन्न संघ संस्थासँग निरन्तर सहकार्य गर्दै आइरहेको छ।