ललितपुर- नख्खुस्थित मेडीसिटी अस्पतालले आफ्ना नियमित बिरामीहरुको चेकजाचलाई अझ सहज बनाउनका लागि काठमाडौंको विशालनगरस्थित अरोगिन हेल्थ केयर प्रालीलाई आफ्नो सिटी क्लिनिकको रुपमा स्थापित गरेको छ।
सिटी क्लिनिकबाट अस्पातलका सम्पूर्ण ओपिडी सेवा साथै सामान्य उपचार सेवा पनि अस्पातलकै वरिष्ठ चिकित्सकहरुबाट नै हुने अस्पातलका जेनेरल म्यनेजर विजय रिमालले जानकारी दिए।
हाल हाडजोर्नी तथा नशारोग सम्बन्धी ओपिडी सेवा सन्चालनमा आइसकेको साथै फलोअप, चेकजाँच तथा सामान्य उपचारका लागि अस्पतालसम्म धाइरहने झन्झटबाट मुक्त भएपछी स्थानीयहरु पनि निकै खुशी रहेको अरोगिन हेल्थ केयरको बजार व्यवस्थापक जानुका बिष्टले जानकारी दिइन्।