काठमाडौं- नेपाल बायोमेडिकल संघमा नयाँ कार्यसमिति चयन भएको छ। शनिबार टेकुमा सम्पन्न संघको पहिलो साधारणसभाले श्यामकुमार हलुवाईको अध्यक्षतामा नयाँ कार्यसमिति चयन गरेको हो।
संघको वरिष्ठ उपाध्यक्षमा रामकुमार दाहाल, उपाध्यक्षमा अनु नेपाली र कुवेर ओली, महासचिवमा सोमप्रसाद उपाध्यय, सचिवमा लवकुमार सिंह र दिपक महत, वरिष्ठ कोषाध्यक्षमा विकेश श्रेष्ठ, कोषाध्यक्षमा विमल कुँवर, प्रतिभा भुसाल र हिमांशु मिश्र चयन भएका छन्।
कार्यसमितिको सदस्यहरुमा सुजन रेग्मी, लोकेन्द्र महतो, सविना खनाल, उपमा बस्नेत, रोसना न्यौपाने, उमापति उम्रे, लक्ष्मण रिजाल, सागर बस्याल, राजेश शाह, चेत बहादुर भण्डारी, नर बहादुर बोहरा, लव पन्थी, सन्देश डंगोल, संगिता घिमिरे र दिनेश बजगाईलाई चयन भएका छन्।