काठमाडौं- चिकित्सा शिक्षा आयोगले विद्यार्थी भर्नाका लागि लिने एकीकृत प्रवेश परीक्षाको कार्यतालिका सार्वजनिक गरेको छ। आयोगले आइतबार सार्वजनिक गरेको कार्यतालिका अनुसार डिएम र एमसिएचको परीक्षाका लागि असोज महिनामा, स्नातकोत्तर तहको कात्तिक र स्नातक तहको मंसिर महिनामा फारम खुला हुने छ।
फारम भर्ने काम सकिएपछि आयोगले परीक्षाको मिति पनि सार्वजनिक गर्ने छ। आयोगले केही समय फारम भर्ने समय दिएर परीक्षाको मिति तोक्ने छ।
हेरौं सूचना
