काठमाडौं- प्रधानमन्त्री शेरबहादुर देउवाले सम्भवत भोलि बिहीबार मन्त्रिपरिषदलाई पूर्णता दिने छन्। प्रधानमन्त्री देउवाले गठबन्धन दलका नेतासँग मन्त्रीको नाम समेत मागिसकेका छन्। गठबन्धन दलका नेताहरु मन्त्रीको नाम टुंगो लगाउन छलफलमा छन्।
मन्त्रिपरिषद विस्तार हुँदा स्वास्थ्य तथा जनसंख्या मन्त्रालय नेपाली कांग्रेसको भागमा परेको छ। हाल मन्त्रालयमा राज्यमन्त्री उमेश श्रेष्ठ छन्। भोलि हुने विस्तारमा स्वास्थ्यमा पूर्ण मन्त्री नै आउने बताइएको छ।
तर मन्त्रालयमा मन्त्रीका रुपमा को आउँछ भन्ने विषय भनै अझै टुंगो लागिसकेको छैन। स्रोतका अनुसार स्वास्थ्य मन्त्रीमा पाँच जनाको नाम चर्चामा छ। रामचन्द्र पौैडेल र शेखर कोइराला पक्षबाट सुजाता कोइरालाको नाम पनि स्वास्थ्य मन्त्रीका लागि चर्चामा छ।
यस्तै मिनेन्द्र रिजाल, दिलेन्द्र बडु र उमाकान्त चौधरीको नाम पनि अहिले स्वास्थ्य मन्त्रीका लागि चर्चामा आइरहेको छ। चौधरी यसअघि पनि स्वास्थ्य मन्त्री भइसकेका छन्।
यस्तै प्रधानमन्त्री देउवा र उनकी पत्नि आरजु देउवा भने हालका राज्यमन्त्री उमेश श्रेष्ठलाई नै मन्त्री बनाउनु पर्ने पक्षमा रहेको बताइएको छ।