सुनसरी- नेपाल डेन्टल एसोसिएशन सुनसरी शाखामा नयाँ कार्यसमिति निर्विरोध गठन भएको छ। डा मन्नु विक्रमको अध्यक्षतामा नयाँ कार्यसमिति गठन भएको हो।
२ वर्षे कार्यकाल रहने कार्यसमितिको उपाध्यक्षमा डा ईन्द्र नारायण यादव, महासचिवमा डा सुजन गौतम, सहसचिव डा पदम नेपाली र कोषाध्यक्षमा डा सुवास चन्द्र निर्विरोध चयन भएका छन्।
यसैगरी, सदस्यहरुमा डा अशोक ऐर, डा जितेन्द्र मण्डल, डा पुजन आचार्य र डा लक्ष्मण खनाल चयन भएका छन्।
केन्द्रको डेन्टल एसोसिएशनलाई जिल्लामा जोड्ने, दन्त चिकित्सकहरुको व्यावसायिक हकहितका लागि आवाज उठाउने र पैरवी गर्ने, दन्त चिकित्सकको ज्ञान वृद्दी र दक्षता विकाशका लागि तालिम तथा सेमिनार गर्ने, जनस्तरमा दन्तरोगहरुका बारेमा चेतनामुकल अभियान संचालन गराउने, विकट तथा पहुँच कम भएका जनतालाई समय समयमा नि:शुल्क दन्त शिविर गर्ने लगायतका मुद्दाका साथ एसोसिएशन अगाडि बढ्ने नवनियुक्त अध्यक्ष डा विक्रमले जानकारी दिए।