काठमाडौं- सरकारले फार्मेसी अधिकृत श्यामकुमार अधिकारीलाई सरकारी सेवाबाट बर्खास्त गरेको छ। उनलाई भ्रष्टचार गरेको कसुरमा भविष्यमा स्वास्थ्य सेवाको निमित्त अयोग्य ठहरिने गरी सेवाबाट बर्खास्त गरिएको हो।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले बिहीबार सूचना जारी गर्दै उनलाई लोक सेवा आयोगको उजुरी तथा विभागीय सयजाय परामर्श शाखाको असोज १४ को परामर्श अनुसार स्वास्थ्य सेवा ऐन २०५३ को दफा ७४ को उपदफा २ को खण्ड ख अनार भ्रष्टाचार कसुरमा बर्खास्त गरिएको जानकारी दिएको छ।
फार्मेसी अधिकृत सातौं तहका अधिकारीले ०७१ सालमा भ्रष्टाचार गरेको फेला परेको थिए।
