काठमाडौं- बाल दन्त चिकित्सक संघको वार्षिक साधारण सभाले डा सेन्छेमा लिम्बूको अध्यक्षतामा नयाँ कार्यसमिति चयन गरेको छ।
संघको आज बसेको साधारण सभा बैठकले उपाध्यक्षमा पराजिता दिक्षित, महासचिवमा डा सुनिता उपाध्याय, कोषाध्यक्षमा डा श्वेता धिताल र सहसचिवमा मेघा प्रधानलाई चयन गरेको छ। त्यसैगरी, गजेन्द्र विराजी, डा प्रियंका शाह, डा विवरधा खनाल र डा संस्कृति खनाल चयन भएका छन्।
उक्त साधारण सभाले पछिल्ला दिनमा नेपालमा बालबालिकाको दाँत सम्बन्धि समसया बढ्दै गएको तर सोही अनुसार सबै अस्पतालमा बाल दन्त चिकित्सक आवश्यकता निक्र्यौल गर्दै आगामी दिन यस विषयमा सम्बन्धित निकायको ध्यानाकर्षण गराउने निर्णय गरेको छ।