काठमाडौं- काठमाडौं महानगरपालिकामा आजदेखि कोभिड-१९ विरुद्धको पहिलो डोज खोप दिइने भएको छ।
काठमाडौं महानगरपालिकाको ३२ वटै वडामा रहेका खोप केन्द्रमा खोप लगाउने कार्यक्रम सञ्चालन हुने महानगरपालिकाले जनाएको छ। त्यस्तै नेपाल प्रहरी, वीर, निजामती, परोपकार प्रसुती र वीरेन्द्र सैनिक अस्पतालमा पनि खोप लगाउने व्यवस्था रहेको काठमाडौं महानगरपालिकाले जनाएको छ।
खोप १८ वर्ष पूरा भएका सम्पूर्ण नागरिकहरुलाई लगाइने महानगरपालिकाले जनाएको छ। विहान १० बजेदेखि ४ बजेसम्म खोप लगाउन पाइने छ।
खोप लगाउन जाँदा परिचय खुल्ने फोटो सहितको परिचय पत्र र विद्युतीय दर्ता नम्बरसहित नजिकको खोप केन्द्रमा गई भिडभाड नगरी खोप लगाउन महानगरपालिकाले नगरबासीहरुलाई अनुरोध गरेको छ।