फाइल तस्बिर
काठमाडौं- देशभर लक्षित समुहमध्ये ४० प्रतिशत व्यक्तिले कोरोना विरुद्धको पहिलो मात्रा खोप लगाएका छन्।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार २ करोड १७ लाअ ७६३ लक्षित जनसंख्यामध्ये ८७ लाख २ हजार ७०५ जनाले पहिलो मात्रा खोप लगाइसकेका छन्।
त्यसैगरी, ३२ प्रतिशत अर्थात ६९ लाख ६२ हजार १६४ जनाले पूर्ण मात्रा खोप लगाएका छन्।
स्वास्थ्य मन्त्रालयका अनुसार काठमाडौं उपत्यकामा ८१ प्रतिशतले पहिलो मात्रा खोप लगाएका छन्।
काठमाडौं, भक्तपुर र ललितपुरका गरी २१ लाख २९ हजार ७७घ लक्षित जनसंख्यामध्ये १७ लाख ४५ हजार ५७० जनाले
पहिलो मात्रा खोप पाएका छन। उपत्यकामा १५ लाख ७९ हजार ८९७ जना अर्थात ७४ प्रतिशतले पूर्ण मात्रा खोप लगाइसकेको स्वास्थ्य मन्त्रालयले जनाएको छ।