काठमाडौं- मन्त्रिपरिषद विस्तारसँगै स्वास्थ्य तथा जनसंख्या मन्त्रालयमा नयाँ मन्त्री र राज्यमन्त्री नियुक्त भएका छन्। मन्त्रीमा विरोध खतिवडा र राज्यमन्त्रीमा भवानीप्रसाद खापुङ नियुक्त भएका छन्।
मन्त्री र राज्यमन्त्रीको नियुक्तिपछि स्वास्थ्य मन्त्रालयका कर्मचारीहरु स्वागतका लागि मन्त्रालय परिसरमा फूल, खादा लिएर लाइनमा बसेका छन्। राष्ट्रपति कार्यालयबाट सपथ खाइसकेपछि पदबहालीका लागि मन्त्रालयमा मन्त्री खतिवडा र राज्यमन्त्री खापुङ आउने खबर पाएपछि मन्त्रालय र माताहतका निकायका कर्मचारीहरु मन्त्रालयमा स्वागतका लागि बसेका हुन्।









