काठमाडौं- स्वास्थ्य तथा जनसंख्या राज्यमन्त्री भवानीप्रसाद खापुङले पदवहाली गरेका छन्। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयमा पुगेर उनले जिम्मेवारी सम्हालेका हुन्। शीतलनिवासबाट सपथ लिएपछि शुक्रबार साँझ मन्त्रालय पुगेका राज्यमन्त्री खापुङले लैङ्गिक तथा समाजिक समावेशीकरण रणनीति बनाउने प्रस्तावमा हस्ताक्षर समेत गरेका छन्।
पदवहालीका क्रममा राज्यमन्त्री खापुङले जनताले सहज रुपमा सेवा पाउने वातावरण बनाउन आफू लागिपर्ने प्रतिक्रिया दिएका छन्।



