काठमाडौं- कोरोना संक्रमणका कारण मृत्यु भएका चिकित्सकका परिवारलाई सम्मान गरिएको छ। शनिबार त्रिवि शिक्षण अस्पतालमा आयोजित एक कार्यक्रममा कोरोना महामारीको समयमा कोरोना संक्रमित भइ मृत्यु भएका चिकित्सकका परिवारलाई सम्मान गरिएको हो।
नेसनल रेडिजेन्ट डाक्टर एसोसिएसन अफ नेपाल,युथ फर नेसन, नेपाल मेडिकल स्टुडेन्ट एसोसिएसन लगायतका संस्थाहरुको संयुक्त आयोजनामा मृतक कोरोना संक्रमित चिकित्सकका परिवारलाई सम्मान गरिएको हो।
कार्यक्रममा दिवंगत चिकित्सकको सम्झना र सम्मानमा सर्मपित गीत तथा नृत्य समेत प्रस्तुत गरिएको थियो। नेपालमा कोरोना संक्रमणका कारण १३ जना चिकित्सकको मृत्यु भएको थियो।
नेसनल रेडिजेन्ट डाक्टर एसोसिएसन अफ नेपाल त्रिवि शिक्षण अस्पतालका अध्यक्ष डा सुभाष देवकोटाले कोरोना संक्रमणका कारण मृत्यु भएका चिकित्सकले स्वास्थ्य क्षेत्रमा पुर्याएको योगदानको कदर गर्दै मृतकका परिवारलाई सम्मान गरिएको जानकारी दिए।