काठमाडौं- काठमाडौं विश्वविद्यालय (केयू)ले सरकारले तोकेको भन्दा बढी शुल्क माग्ने मेडिकल कलेजलाई अतिरिक्त शुल्क नलिन पत्राचार गरेको छ।
केयूले सम्बन्धनप्राप्त कलेजहरुलाई अतिरिक्त शुल्कका सम्बन्धमा चिकित्सा शिक्षा आयोगको निर्णय कार्यान्वयन गर्न भनेको हो। केयूले मणिपाल, कलेज अफ मेडिकल साइन्सेज, नेपालगञ्ज, काठमाडौं, नोबेल, लुम्बिनी, विराट मेडिकल कलेज र कान्तिपुर डेन्टल कलेजलाई पत्र पठाएको हो।
पत्रमा स्नातक तहको शुल्क विभिन्न शीर्षकमा अतिरिक्त शुल्क लिन मिल्ने वा नमिल्ने भन्ने सम्बन्धमा प्रकाशन गरिएको सूचना तहाँ कार्यालयको जानकारी एवं अनिवार्य रुपमा कार्यन्वयनको लागि जनाकारी गराइएको कुरा उल्लेख छ।
आयोगले मंगलबार शुल्कका विषयमा प्रष्ट पार्दै कलेजहरुले विभिन्न शीर्षकमा लाखौं रकम उठाउँदै आएको अतिरिक्त शुल्क शिक्षण शुल्क भित्र नै पर्ने भन्दै थप रकम नलिन भनेको थियो। केयूले सोही पत्रलाई कार्यान्वयन गर्दै थप शुल्क नलिन भनेको हो।
यो पनि:
मेडिकल कलेजले विभिन्न शिर्षकमा मागेको अतिरिक्त रकम शिक्षण शुल्क भित्रै पर्ने, विद्यार्थीले थप तिर्नुनपर्ने
विद्यार्थीसँग २५ लाख बढी शुल्क माग्दै केएमसी