काठमाडौं- केन्द्रीय कारागारमा स्वास्थ्य शिविर तथा रक्तदान कार्यक्रम सम्पन्न भएको छ।
साथी श्रम प्रशिक्षण केन्द्र,लायन्स क्लव अफ काठमाडों ब्लड सर्कल, लायन्स क्लव अफ काठमाडों सोसीयल सर्कलको आयोजना तथा अन्तरार्ष्ट्रिय बाल मैत्री अस्पतालको प्राविधिक सहयोगमा स्वास्थ्य शिविर तथा रक्तदान कार्यक्रम सम्पन्न भएको हो।
केन्द्रीय कारागार अस्पतालका निर्देशक डा प्रकाश बुढाथोकीका अनुसार २ सय जनाले रक्तदान गरेका छन्। कार्यक्रममा प्रमुख अतिथीको रुपमा महानिर्देशक चक्रपाणी पाण्डे, विशेष अतिथि केन्द्रीय कारागार अस्पतालका निर्देशक डा प्रकाश बुढाथोकी, प्रहरी नायव उपरीक्षक कुमार थापा थिए भने कार्यक्रमको अध्यक्षता डोलेन्द्र निरौलाले गरेका थिए।