काठमाडौं- नेपाल स्वास्थ्य व्यवसायी परिषद्ले लिएको लाइसेन्स परीक्षामा ६२ प्रतिशत उत्तीर्ण भएका छन्। परिषदले असोज १ गतेदेखि ५ गतेसम्म लिएको परीक्षाको नतिजा बुधार साँझ प्रकाशित गरेको हो।
परिषद्का रजिष्ट्रार पुष्पराज खनालका अनुसार परीक्षामा ४ हजार ९३२ जनाले आवेदन दिएका थिए। आवेदन दिएकामध्ये ४ हजार ७६५ जना मात्रै सहभागी भएका थिए । त्यसमध्ये २ हजार ९४५ जना (६१.८ प्रतिशत) उत्तीर्ण भएका हुन् ।
विशिष्ठ तहमा १३२ जनाले परीक्षा दिएकोमा ५८ जना (४३.९ प्रतिशत), प्रथम तहमा ८७६ जनामध्ये ३४० (३८.८ प्रतिशत) र द्धितीय तहमा ३ हजार ७५७ जनामध्ये २ हजार ५४७ जना(६७.८ प्रतिशत) उत्तीर्ण भएका छन्।