काठमाडौं– काठमाडौं महानगरले वीर अस्पताल अगाडि रहेका टहरा (औषधि पसल) हटाउन थालेको छ। बिहीबार महानगरले ती टहरामा ‘डोजर’ चलाएको छ।
बुधबार महानगरपालिकाले सूचना जारी गर्दै २४ घण्टाभित्र पसल तथा टहरा हटाउन निर्देशन दिएको थियो।
त्यही निर्देशन अनुसार उक्त स्थान खाली गर्न सुरु गरेको महानगरपपालिकाका प्रहरी प्रमुख, राजुनाथ पण्डेले बताए।
नक्सामा बगैँचा देखिएको ठाउँमा टहरा निर्माण गरी औषधि पसल सञ्चालन गरेको पाइएपछि महानगरपालिकाले त्यस्ता टहरा हटाउन सूचना जारी गरेको थियो। अब यो ठाउँमा बगैंचा निर्माण हुनेछ।