काठमाडौं- एचआईभी परीक्षण किट खरिदमा पर्याप्त बजेट नहुँदा पहिलो ९५ लक्ष्य प्राप्तिमा चुनौति देखिएकोे छ।
बिहीबार काठमाडौंमा स्वास्थ्य पत्रकार मञ्च नेपाल र राष्ट्रिय एड्स तथा यौन रोग नियन्त्रण केन्द्रको सयुक्त आयोजनामा भएको एचआईभी एड्स तथा यौन रोगसँग सम्बन्धीत लान्छना तथा भेदभाव न्युनिकरणका लागि गरिएको अन्तरक्रिया कार्यक्रममा राष्ट्रिय एड्स तथा यौन रोग नियन्त्रण केन्द्रकी निर्देशक डा सुधा देवकोटाले एचआईभी परीक्षण किट खरिदमा पर्याप्त बजेट नहुँदा पहिलो ९५ लक्ष्य प्राप्तिमा चुनौति देखिएको जानकारी दिएकी हुन्।
‘७७ जिल्लामा एचआईभी रोकथामका कार्यक्रम नहुँदा, संक्रमितहरुप्रति समाजमा भेदभाव तथा लान्छना यथावत रहेको र सबै गर्भवती प्रसुति, सुत्केरी महिलाहरु एचआईभी परीक्षणको पहुँचमा छैनन्,’डा. देवकोटाले भनिन् ‘एचआईभी परीक्षण किट खरिदमा पनि पर्याप्त बजेट नहुँदा पहिलो ९५ लक्ष्य प्राप्तिमा चुनौति देखिएका छ।’
डा देवकोटाले यसअघि एआईभी एड्ससँगै हेपाटाइटिस ‘सी’को उपचार हुने गरेकोमा अबदेखि हेपाटाइटिस ‘सी’को मात्र उपचार हुने बताईन्।
डा देवकोटाले भनिन् ‘नयाँ एचआईभी संक्रमण रोकथाम गर्ने, एचआईभी संक्रमित व्यक्तिहरुले स्वास्थ्यसम्बन्धी सुधारल्याउँने र एचआईभी संक्रमित तथा मुख्य समूहहरुमा एचआईभी सम्बन्धित असमानताहरुमा कमी ल्याउँने रहेको लक्ष्य रहेको छ।’
आर्थिक वर्ष २०७७/०७८ मा ५६ करोड ४८ लाख ८५ हजार थियो। भने २०७८/०७९ मा ५६ करोड ५२ लाख थियो। तर यस आर्थिक वर्ष २०७९/०८० मा ५५ करोड ९७ लाख बजेट रहेको केन्द्रकी निर्देशक डा देवकोटाले जानकारी दिईन्। डा देवकोेटाले पहिलेको तुलनामा बिरामीको संख्या बढ्दै गएको तर बजेट भने घटेको जानकारी दिईन्।
राष्ट्रिय एड्स तथा यौन रोग नियन्त्रण केन्द्रकाअनुसार नेपालमा हाल एचआईभी एड्सका अनुमानित ३० हजार संक्रमित रहेका छन्। जसमा महिलाभन्दा पुरुष बढी छन्। पुरुष १६ हजार ४०० रहेका छन्। जुन ५५ प्रतिशत हो भने महिला १३ हजार ६०० रहेका छन्। १४ वर्ष मुनिका बालबालिकाहरु १२ सय रहेका छन्। जुन ४ प्रतिशत हो।
हरेक वर्ष ६८० नयाँ एचआईभी संक्रमित थपिने गरेको निर्देशक डा देवकोटाले जानकारी दिईन्।
कार्यक्रममा स्वास्थ्यमन्त्री भवानी प्रसाद खापुङले सरकारले रोग नियन्त्रण गर्न आवश्यक सहयोग गर्ने प्रतिबद्धता व्यक्त गरे। उनले भने, ‘एचआइभी एड्सको नियन्त्रण गर्न लागि पर्नुहोस् मन्त्रालयको तर्फबाट पूर्ण सहयोग हुनेछ।’
त्यसैगरी, कार्यक्रममा इपीक नेपालका राजेश खनालले कुन समुदायमा एचआइभी संक्रमित छन् त्यो समुदाय खोज्ने गरेको बताए। ‘एचआईभी नेगेटिभ भएकाहरुमा नेगेटिभ राख्ने विषयमा यस संस्थाले कामगदै आएको छ,’खनाले भने, ‘हामीले सातै प्रदेशमा ३७ जिल्लामा रहेका छन्। भने ३८७ नगरपालिकामा सेवा दिदै आएका छौं। ’
खनालकाअनुसारपहिलापहिलाएचआईभी एडस रगतबाट जाँचगरिन्थ्यो भने अहिले र्यालबाट एचआईभी परीक्षण भईरहेको छ।
त्यसैगरी, कार्यक्रममा सेभ द चिल्ड्रनका सुजन वन्तले १६ मार्च २०२१ देखि ३१ जुलाई २०२४ सम्ममा एचआईभी संक्रमित उपचारका कार्यक्रम सञ्चालन गरिने बताए । यो संस्थाले मुख्य चार तहमा काम गर्दै आएको समेत जानकारी दिए। वन्तले भने,‘हामीले २८ जिल्लामा कार्यक्रम सञ्चालन गरिरहेका छौं, आठ वटा गैरसरकारी संस्थाको सहकार्यमा सञ्चालन गरिरहेका छौं।’
कार्यक्रममा एएचएफका अजित पौडेलले एआरटी सेवामा आउन सहयोग गर्ने गरेको बताए। पौडेलले संस्थाले एआरटी सेवा लिईरहेकालाई औषधि लिने बेला भयो भनेर घरमै गएर बोलाएर दिने गरेको बताए।
एआरटी सेवा लिन समस्या हुनेलाई आर्थिक सहयोग गरेर भएपनि एआरटी सेवाको पहुँचमा लैजाने गरेको समेत उनले जानकारी दिए।
स्वास्थ्य सेवा विभागका महानिर्देशक डा दिपेन्द्र रमण सिंहले एचआईभी संक्रमितलाई गरिने विभेद र लान्छना सबै समुदाय मिलेर घटाउन सकिने बताए। डा. सिंहले भने, ‘एक जनामात्र लागेर हुदैंन सबै समुदाय लागे मात्र यो भेदभाव र लान्छना अन्त्य गर्न सकिन्छ।’