काठमाडौं- नेपालमा डेंगु संक्रमणबाट हालसम्म २७ जनाले ज्यान गुमाएका छन्। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार गत साउनदेखि हालसम्म २७ जनाको डेंगुबाट ज्यान गएको छ।
मन्त्रालयका अनुसार गत साउनदेखि हालसम्म देशभर २१ हजार ३५२ जनामा डेंगु संक्रमण पुष्टि भएको छ। जसमध्ये सबैभन्दा धेरै वागमती प्रदेशमा १६ हजार २३६ जनामा डेंगु संक्रमण देखिएको छ।
यस्तै, लुम्बिनीमा २ हजा ७ सय ४३, सुदूरपश्चिममा ७ सय ५८, प्रदेश १ मा ५ सय ८५, गण्डकीमा ४९६, मधेश प्रदेशमा ३ सय ५, कर्णालमा २ सय २९ जनामा संक्रमण देखिएको छ । त्यसैगरी डेंगु संक्रमणबाट हालसम्म २७ जनाले ज्यान गुमाएका छन्। हालसम्म देशभरका सात वटै प्रदेशका ७५ जिल्लामा डेंगु संक्रमण फैलिएको स्वास्थ्य मन्त्रालयले जनाएको छ।