बुटवल - बुटवलमा अवस्थित नेशनल प्याथ ल्याब एण्ड रिसर्च सेन्टरले राजधानी बाहिरको पहिलो "ए" ग्रेडकाे अनुमति पाउन सफल भएकाे छ।
याे सँगै नेशन प्याथ ल्याब राजधानी बाहिरकाे पहिलाे "ए" ग्रेडकाे अनुमति प्राप्त ल्याब बनेको हाे। राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला टेकुले ल्याबले आवश्यक सबै मापदण्ड पूरा गरेकाले ५ वर्षका लागि ३० भदौंमा "ए" ग्रेडको मान्यता दिएको हो।
नेशनल प्याथ ल्याबले ‘स्वास्थ्य संस्था संचालन मापदण्ड, २०७७ अनुसार आवश्यक मापदण्ड पूरा गरेपछि "ए" ग्रेडको अनुमति पाएको राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालाले जनाएको छ।
‘हामीले ए ग्रेडको ल्याबको अनुमति पायौं,’ नेशनल प्याथ ल्याबका प्रबन्ध निर्देशक पवन जोशीले भने, ‘यससँगै हामी राजधानी बाहिरको "ए" ग्रेडको पहिलो प्रयोगशाला भएका छौं।’
उनले ल्याबको अत्याधुनिकीकरण र गुणस्तरीय सेवा अझ विशेष ध्यान दिने बताए। जाेशीले आफ्नाे पहिलाे उदेश्य भनेकै नेपालबाट नमुना बिदेशीनु नपरोस् भन्ने भएकाे बताए। ल्याबले "ए" ग्रेडकाे अनुमति पाएसँगै उक्त अभियानमा साथ पुगेकाे उनले बताए।