काठमाडौं - नेपाल फार्मेसी स्टुडेण्ट एशोसिएसनको आयोजनामा भएको तीन दिने कार्यशाला गोष्ठी सम्पन्न भएको छ।
फार्मेसी पेशाका विभिन्न आयामलाई समेटेर उक्त तीन दिने कार्यशाला गोष्ठीको आयोजना गरिएको थियो।
फर्मासिस्टले आफ्नो कार्य क्षेत्रमा चाहिने सीप र दक्षता कसरी प्राप्त गर्ने र बढाउने विषयमा निजन उपाध्यायले आफ्नो प्रस्तुतीकरण दिएकी थिइन्। कार्यशालाको पहिलो दिन नेपाल औषधि उद्योग र विश्व परिवेश, दोस्रो दिन फार्मेसी अभ्यास विषयमा छलफल भएको थियो।
गोष्ठीमा औषधि व्यवस्था विभागका पूर्व महानिर्देशक गजेन्द्र बहादुर भुजु, नेपाल औषधि उत्पादक संघका अध्यक्ष प्रज्वलजंग पाण्डे, नेपाल औषधि लिमिटेडका महाप्रबन्धक मोहम्मद सफिउल्लाह लगायतको उपस्थितिकिो थियो। कार्यशालामा १५० भन्दा बढी फार्मेसी विषयका विद्यार्थीहरुको सहभागिता थियो।