काठमाडौं- नेपाली कांग्रेसका महामन्त्री गगन थापाको निर्वाचन क्षेत्रमा फिटनेस क्याम्प सम्पन्न भएको छ। थापाको सांसद कार्यालय काठमाडौं क्षेत्र नं ४, शहरी स्वास्थ्य प्रवर्धन केन्द्र, नाडा र एनवाईएफसीको संयुक्त आयोजनामा फिटनेस क्याम्प सम्पन्न भएको हो।
बिहान ८ बजेदेखि मैतीदेवी मन्दिर परिसरमा उक्त फिटनेस क्याम्प सम्पन्न भएको हो। उक्त क्याम्पमा चार वटा स्टेशन राखिएको थियो। पहिलो स्टेशनमा शहरी स्वास्थ्य प्रवर्धन केन्द्रले रक्तचाप, मुटुको धड्कन र चिनीको मात्रा परीक्षण गरेको थियो। अर्को स्टेशनमा एनवाईएफसीले शारीरिक मूल्यांकन गरेको थियो। जसमा बडी मास इन्डेक्स (बीएमआई), वेष्ट हिप रेसियो (डब्लुएचआर), स्कीनफोल्डको परीक्षण गरिएको थियो।
अर्को स्टेशनमा नाडाले शरीरको फ्लेक्जीविलिटी परीक्षण गरेको थियो। क्याम्पमा फिटनेश सम्बन्धी खेलहरु पनि खेलाइएको थियो। शारीरिक अवस्था थाहा पाउन समय समयमा परीक्षण गर्नुपर्ने जनचेतना जगाउनका लागि उक्त क्याम्पसको आयोजना गरिएको सांसद कार्यालय काठमाडौं क्षेत्र नं ४ ले जनाएको छ।