काठमाडौं - मेची अभियान र हर्ड नेपाल नामक संस्थाले मोरङको ग्रामथान गाउँपालिकामा एक दिने निःशुल्क स्वास्थ्य शिविर सम्पन्न गरेको छ।
मिर्गौला, उच्च रक्तचाप, मधुमेह र मुटु रोगका बिरामीहरुका लागि निःशुल्क स्वास्थ्य शिविर गरिएको हो। मुसहर वस्तीलाई प्राथमिकता दिइएको उक्त शिविरमा २६५ जनाले सेवा स्वास्थ्य परीक्षण गराएका छन्। जटिलताका आधारमा तीन महिना बिरामीलाई फलोअप गरिने हर्ड नेपालले जनाएको छ।
डेंगुको प्रकोप फैलिरहेका बेला उनीहरुले मुसहर वस्तीका १५७ घर धुरीलाई झुल, १८०० थान कपडा समेत निःशुल्क वितरण गरेको थियो।
कार्यक्रममा ग्रामथान गाउँपालिकाका अध्यक्ष जयप्रकाश गच्छदार, लख्नतरी वडा नं १ का वडाध्यक्ष सुरेश कुमार माझी, मेची अभियानका संस्थापक विजय डालमै, हर्ड नेपालका संयोजक ज्ञानु गौतम, प्रा.डा सञ्जीव शर्मा लगायतले सेवा दिएका थिए।