काठमाडौं- नेपाल एसोसिएसन फर द स्टडी अफ पेनले निदान अस्पतालको सहकार्यमा पेन मेनेजमेन्ट कार्यशाला गोष्ठि सम्पन्न गरेको छ।
विभिन्न अस्पतालमा कार्यरत डाक्टरहरुको सहभागितामा आयोजित कार्यशालाको उद्घाटन गर्दै नेपाल एसोसिएसन फर द स्टडी अफ पेनका अध्यक्ष तथा त्रिवि शिक्षण अस्पतालका एनेस्थियोलोजी विभाग प्रमुख प्राडा अनिल श्रेष्ठले यस्ता जनचेतनामुलक कार्यक्रमले बिरामीको उपचारमा मदत पुग्ने बताए। नेपाल सहित विश्वभर सेप्टेम्बर महिनालाई पेन अवार्नेस गर्ने महिनाको रुपमा मनाइन्छ। हरेक वर्षको सेप्टेम्बरमा यस्ता कार्यशालाहरु नेपालमा पनि आयोजना गर्ने गरिन्छ।
दीर्घकालिन दुखाइको बारेमा खुलेर कुरा गर्न र यसको बारेमा जानकारी दिन निदान अस्पतालामा सो कार्यशालाको आयोजना गरिएको हो। गोष्ठिमा पेन मेनेजमेन्ट सम्बन्धी आवश्यक प्रविधि र कार्यशैलीका बारेमा डा लिनदिनी श्रेष्ठले प्रस्तुतिकरण राखेकी थिइन्।
यस्तै पेन कार्यशैली प्रशारण डा अभिशेष क्षेष्ठले गरेका थिए। यस्ता गोष्ठिले चिकित्सक र बिरामी दुवैलाई फाईदा हुने भएकोले निदान अस्पतालले यस्ता कार्यक्रमलाई निरन्तरता दिने अस्पतालकी बरिष्ठ व्यवस्थापन सृजना बज्राचार्यले जानकारी दिइन्।

