धनगढी- कैलालीको भजनीमा स्वास्थ्य शिविर कार्यक्रम सम्पन्न भएको छ। ६७ औ प्रहरी दिवसको उपलक्ष्यमा सुदूरपश्चिम प्रदेश प्रहरी अस्पताल धनगढीले आयोजना गरेको उक्त शिविरमा २ सय ४ जनाले सेवा लिएका छन्।
भजनी नगरपालिका १ मा गरेको शिविरमा एक सय ३२ महिला र ७१ जना पुरुषले सेवा लिएको सुदूरपश्चिम प्रदेश प्रहरी अस्पतालले जनाएको छ। स्त्री रोग विशेषज्ञ डाक्टर सबिता सिंह र डाक्टर अनु बोहराबाट स्वास्थ्य परामर्श दिइएको थियो।