काठमाडौं- नेपाल स्वास्थ्यकर्मी संघ बीपी कोइराला मेमोरियल क्यान्सर अस्पतालले १० वर्षदेखि करार, स्थायी तथा अस्थायी तथा मासिक ज्यालादारीमा काम गरेका तथा बढुवा हुन नसकेका स्थायी कर्मचारीको माग सम्बोधन गर्न माग गरेको छ।
सचिव सुशीला अधिकारीद्धारा आइतबार जारी विज्ञप्तिमा स्थायी रुपमा काम गरिरहेका चिकित्सक, नर्सिङ, एलाईडहेल्थ, इन्जिनियरिङ तथा प्रशासनीक कर्मचारीको बढुवा साथै अस्थायी कर्मचारी उचित व्यवस्थापन गर्न माग गरिएको छ।
दैनिक ज्यालादारीका कर्मचारीहरु प्रतिस्पर्धा बिना भर्ना गरेर आर्थिक व्ययभार सृजना गरेको जारी विज्ञप्तीमा उल्लेख गरिएको छ। यस्तै कर्मचारीका लागि दिइने आवास अनाधिकृत रुपमा मनोमानी ढंगबाट प्रयोग भएको समेत सघंले आरोप लगाएको छ।
साथै मागहरु समयमै सम्बोधन नगरेमा विरोधका कार्यक्रम अघि सार्ने चेतावनी दिईएको छ।
हेर्नुहोस मागहरु:
