काठमाडौं- चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठान (न्याम्स)मा कार्यरत आवासिय चिकित्सकहरूले निर्वाह भत्ता उपलब्ध गराउन माग गरेका छन्।
अध्यक्ष डा शेषराज घिमिरे र महासचिव डा पुष्पराज ज्ञवालीले मंगलबार विज्ञप्ति जारी गर्दे विगत दुई महिनादेखि निर्वाह भत्ता नपाउँदा दैनिक जीवन यापन तथा सेवा प्रवाह गर्न समस्या परेको बताएका छन्।
उनीहरुले निर्वाह भत्ता उपलब्ध गराउन प्रतिष्ठान,चिकित्सा शिक्षा आयोग, स्वास्थ्य तथा जनसन्ख्या मन्त्रालय , अर्थ मन्त्रालय र नेपाल चिकित्सक संघको ध्यानाकर्षण गराएका छन्।