काठमाडौं- पूर्वमा डेंगु रोग बारे सचेतना अभियान सुरु भएको छ। नेपाली कांग्रेस महामन्त्री विश्व प्रकास शर्माले सामाजिक संजालमार्फत डेंगुको पहिरो नजाओस भनेर स्टाटस लेख्दै भिडियो सन्देसमार्फत सतर्क रहन आह्वान गरेसँगै उनको निर्वाचन क्षेत्रमा डेंगु सचेतना, सर्च एन्ड डिस्ट्रोए, अर्लि डाइगोनोसिस र ट्रिटमेन्टको अवधारणामा कार्यक्रम सुरु भएको छ।
नेपाली कांग्रेस झापा क्षेत्र नं १ क्षेत्रीय समितिको समन्वय र नेपाल स्वास्थ्यकर्मी संघ,तरुण दल,महिला सघ,नेबि संघका स्वयंसेवकहरुको सक्रियतामा कार्यक्रम संचालन भएको छ। डा सन्जिव शर्माको नेतृत्वमा आएको स्वंसेवक डाक्टरहरुको टोली झापा क्षेत्र न १ को विभिन्न क्षेत्रमा खटिएर सचेतना,डेगु पहिचानका लागि रगत परीक्षण र उपचार गरेको छ। नेपाली कांग्रेसका महामन्त्री शर्माले डेगु नियन्त्रणका लागि सुभेच्छुकलाई समुदायमा खटेर सहयोग गर्न भिडियो सन्देस मार्फत आग्रह गरे सगै झापा क्षेत्र न १ का बुद्दशान्ति, बाहुनडागि ,ईटाभट्टा ,धुलाबारी ,चारआलि र चन्द्रगडीमा एकै दिन बृहत सचेतना कार्यक्रम गरिएको हो।
पहिले केहि जिल्लामा फाट्टफुट्ट मात्र देखिने गरेको डेगु रोग यसपाली नेपालका ७६ जिल्लामा देखा परि सकेको छ। डेगु सम्बन्धी विभिन्न सचेतना मुलक पर्चाहरुसहित सचेतना जगाउदै बिरामीको स्क्रिनिङ गर्ने ,रगत परीक्षण गर्ने, आवश्यक परे औषधि दिने र डेगु देखिएकालाई आवश्यक परे झुल समेत दिइने कार्यक्रमहरु रहेको बताइएको छ। १२ ,१३ र १४ गतेको अभियानको संयोजन नेपाली कांग्रेस क्षेत्र न १ का क्षेत्रीय सभापति ईन्द्र बुढाथोकीले गरिरहेका छन।
पहिलो दिन स्वास्थ्य प्राविधिकले सेवा दिएका थिए। अर्को चरणमा विपन्न डेगु रोगीलार्इ झुल बितरण गरि आइसोलेटेड गर्ने ,आवश्यक औषधि बितरण गर्ने, लामखुट्टे नियन्त्रण गर्न औषधि स्प्रे गर्ने ,फोमिङ गर्ने तथा लार्भा सर्च एन्ड डिस्ट्रोएलाई निरन्तरता दिने बताइएको छ।
शर्मा बिगतमा पनि प्रत्येक वडामा विशेषज्ञ सेवासहित पुग्ने गरेका थिए। शर्माले १०० भन्दा बढी भिआइए टेस्ट शिविर, कोभिडसंगै ननकोभिडलाई सघाऔ अभियान, एउटै नेटवर्कमा राखेर गरिएको भिडियो कन्फरेन्स मार्फतको उपचार सेवा, मुटु तथा मिर्गौला शिविर, २० हजार बढीले सेवा लिएको प्रथम राष्ट्यि स्वास्थ्य महोत्सब, निशुल्क औषधि बितरण तथा निशुल्क उपचार सेवा लगाएतका कार्यक्रम संचालन गरिसकेका छन्।