काठमाडौं - गत २४ घण्टामा ३३ जना नयाँ कोरोना संक्रमित थपिएका छन्। ८५० जनाको पीसीआर र ५२५ जनाको एन्टीजेन परीक्षणमा ३३ जनामा कोरोना संक्रमण पुष्टि भएको हो।
उक्त अवधिमा ६६ जना उपचारपछि निको भएका छन्। यो सँगै निको हुनेको संख्या ९ लाख ८६ हजार ८८२ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ। हाल देशभर ८८९ जना सक्रिय संक्रमित छन्।