काठमाडौं- पछिल्लो २४ घण्टामा ११ जना नयाँ कोरोना संक्रमित फेला परेका छन्। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले दिएको विवरणअनुसार पीसीआरबाट ११ जनामा कोरोना पुष्टि भएको हो।२४ घण्टामा २९६ पीसीआर परीक्षण भएको थियो।
एन्टिजेन विधिबाट २४२ नमुना परीक्षण गरिएपनि कुनैमा संक्रमण नदेखिएको स्वास्थ्य मन्त्रालयले जानकारी दिएको छ।
६८ जना कोरोनामुक्त हुँदा कसैको मृत्यु भएको छैन। मन्त्रालयका अनुसार अहिले देशभर ६२८ जना सक्रिय संक्रमित छन्।