काठमाडौं– नेपाली कांग्रेसले चितवन क्षेत्र नम्बर २ का लागि उम्मेदवार टुंगो लगाएको छ। कांग्रेसले चितवन क्षेत्र नम्बर २ बाट पूर्व स्वास्थ्य राज्यमन्त्री उमेश श्रेष्ठलाई उम्मेदवार बनाउने निर्णय गरेको छ।
श्रेष्ठ प्रधानमन्त्री देउवा निकट नेता हुन्। उनी अहिले प्रधानमन्त्री कार्यलयका राज्यमन्त्री हुन्। क्षेत्र नम्बर २ मा श्रेष्ठसँग एमालेका कृष्णभक्त पोखरेल प्रतिस्पर्धामा रहनेछन्।
यस्तै स्वतन्त्र पार्टीबाट रवि लामिछानेले पनि सोही निर्वाचन क्षेत्रबाट निर्वाचन लड्ने भएका छन्।