काठमाडौं- नेकपा माओवादी केन्द्रले भरतपुर अस्पतालका अध्यक्ष समेत रहेका डाक्टर भोजराज अधिकारीलाई चितवन क्षेत्र नम्बर ३ मा उम्मेदवार बनाउने भएको छ। डा अधिकारीले उम्मेदवारीका लागि माओवादीबाट आधिकारिक टिकट पाइसकेका छन्।
प्रतिनिधि सभा निर्वाचनका लागि उम्मेदवारको टिकट पाएपछि डा अधिकारीले अस्पतालको अध्यक्षबाट राजीनामा दिएका छन्।
डा अधिकारीले यसअघि माओवादी पार्टीका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले निर्वाचन जितेको क्षेत्रबाट टिकट पाएका हुन्। प्रचण्ड भने गोरखाबाट उठ्ने भएका छन्। प्रचण्ड गोरखा क्षेत्र नम्बर २ बाट उठ्ने भएका हुन्।
डा अधिकारीले उम्मेदवारी दर्ता गराउन जान लागेको जानकारी दिए। उनले संसदमा प्रवेशसँगै स्वास्थ्य मन्त्री बनेर स्वास्थ्य क्षेत्रमा सुधार ल्याउने बताएका छन्।