काठमाडौं- डा तोसिमा कार्कीले आगामी प्रतिनिधि सभा निर्वाचनमा ललितपुर क्षेत्र न ३ बाट उम्मेदवारी दर्ता गराएकी छिन्।
घरघरमा स्वास्थ्यको पहुँच, महिला शसक्तिकरण, घरघरमा प्राविधिक शिक्षा र युवा रोजगारी लगाएतका एजेन्डासहित प्रतिनिधिसभा सदस्यमा उनले उम्मेदवारी दर्ता गराएकी हुन्।
उनले घण्टी चुनाव चिन्ह लिएर आफ्नो उम्मेदवारी दर्ता गराएकी हुन्। घण्टी चुनाव चिन्ह राष्ट्रिय स्वतन्त्र पार्टीको हो।
नेपाल मेडिकल काउन्सिलकी निर्वाचित केन्द्रीय सदस्यसमेत रहेकी कार्की पाटन स्वास्थ्य विज्ञान प्रतिष्ठानमा शल्य चिकित्सकका रुपमा कार्यरत थिइन्।