काठमाडौं– डाक्टर फिरदोस आलम रौतहट २ मा प्रतिनिधि सभाको उम्मेदवार बन्ने भएका छन्। उनलाई गठबन्धनको तर्फबाट नेपाली कांग्रेसले उम्मेदवारको टिकट दिएको हो।
डा आलम इँटाभट्टामा जिउँदै मान्छे जलाएको आरोपमा जेलमा रहेका कांग्रेस नेता अफताव आलमका छोरा हुन्।
रौतहट कांग्रेसले यो क्षेत्रबाट अफतावको नाम सिफारिस गरेको थियो। तर, त्यसको चौतर्फी विरोध भएपछि कांग्रेसले उनका छोरालाई अघि सारेको हो।
फिरदोसले उम्मेदवारी दर्ता गराउने तयारी गरिरहेको उनका भाइ नेहाल असरफले बताए। आलमको गृहनगरमा गत स्थानीय तह निर्वाचनमा पनि आलमकै अर्का छोरा कांग्रेसबाट मेयर निर्वाचित भएका थिए।
डा आलम नेपाल प्रहरी अस्पतालमा कार्यरत थिए। उनले यसअघि नै राजीनामा दिइसकेका छन्।