काठमाडौं- पूर्व स्वास्थ्यमन्त्री उपेन्द्र यादवले सप्तरी क्षेत्र नम्बर २ बाट उम्मेदवारी दर्ता गराएका छन्। जनता समाजवादी पार्टीका अध्यक्ष यादवले प्रतिनिधिसभा सदस्यका लागि उम्मेदवारी दर्ता गराएका हुन्।
उनले नेकपा एमालेसँग गठबन्धन गर्दै उम्मेदवारी दर्ता गराएका हुन्। स्वास्थ्यमन्त्री रहँदा मन्त्रालयको भन्दा पार्टीको काममा व्यस्त भएका यादवले २०७४ सालमा पनि सोही निर्वाचन क्षेत्रबाट जित हासिल गरेका थिए।