काठमाडौं- पूर्व स्वास्थ्यमन्त्री गगन कुमार थापाले काठमाडौं क्षेत्र नम्बर ४ बाट उम्मेदवारी दर्ता गराएका छन्। प्रतिनिधि सभा सदस्यका लागि थापाले आइतबार दिउसो उम्मेदवारी दर्ता गराएका हुन्।
स्वास्थ्य मन्त्री रहँदा सुधारका काम गरेका थापाले यसअघि पनि सोही निर्वाचन क्षेत्रबाट जितेका थिए। यस अघिको दुई ओटा निर्वाचन लागातार थापाले यही क्षेत्रवाट जितेका हुन्। कांग्रेस महामन्त्री भएपछि थापाको नाम यो पटक सर्लाही क्षेत्र नम्बर चार बाट समेत सिफारिस भएको थियो।
शनिबार दिनभर जसो नै थापा सर्लाहीवाट निर्वाचन लड्ने हल्ला चलेको थियो। तर थापाले आफू काठमाडौं चार बाटै उम्मेदवार बन्ने प्रष्टिकरण दिएका थिए।
यो निर्वाचन क्षेत्रमा अघिल्लो पटक झै यो पटक पनि एमाले नेता राजन भटराई गगन थापाको प्रतिस्पर्धी बनेका छन्।