काठमाडौं- राष्ट्रिय स्वतन्त्र पार्टीको समानुपातिक तर्फको बन्दसूचीमा पहिलो र दोस्रो नम्बरमा नै डाक्टर सिफारिस भएका छन्।
पार्टीले पहिलो नम्बरमा कास्कीका डाक्टर ढाका कुमार श्रेष्ठलाई सिफारिस गरेको छ भने दोस्रो नम्बरमा डाक्टर चन्दा कार्की। डाक्टर कार्की खस आर्य महिला तर्फ भने एक नम्बरमा नै छिन्।
डाक्टर ढाका कुमार श्रेष्ठ पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानमा कार्यरत चिकित्सक हुन्।
यस्तै, डाक्टर चन्दा कार्की प्रसूति तथा स्त्रीरोग विशेषज्ञ हुन्। लामो समय चिकित्सा पेशा र चिकित्सा अध्यापनमा सक्रिय डा कार्की पछिल्लो समय राजनीतिमा पनि सक्रिय हुन लागेकी हुन्।
राष्ट्रिय स्वतन्त्र पार्टी रवि लामिछाने नेतृत्वको पार्टी हो।