काठमाडौं- मेडिकल कलेज सञ्चालक सुनिल शर्मा मोरङ निर्वाचन- ३ बाट उम्मेदवार बनेका छन्। शर्मा कांग्रेसका तर्फबाट उम्मेदवार बनेका हुन्।
नोबेल मेडिकल कलेज र काठमाडौं मेडिकल कलेजका सञ्चालक शर्मा विवादित मेडिकल व्यवसायी हुन्। मेडिकल कलेजमा विद्यार्थीसँग चर्को शुल्क उठाएको आरोपमा उनी मुछिएका थिए।
शर्मा यसअघिको निर्वाचनमा पनि सोही निर्वाचन क्षेत्रबाट उठेका थिए। उक्त समयमा उनी एमालेका भानुभक्त ढकालबाट झिनो मतान्तरले पराजित बनेका थिए। यसपटक पनि एमालेले उक्त क्षेत्रमा पूर्व स्वास्थ्यमन्त्री समेत रहेका भानुभक्त ढकाललाई नै उठाएको छ।
मन्त्री रहँदा ढकालले कोरोना नियन्त्र तथा उपचारका सामग्रीमा अनियमितता गरेको आरोप लागेको थियो। यसका साथै मन्त्रालयमा उनले राम्रो काम गर्न नसकेपछि चौतर्फी आलोचना भएको थियो।