काठमाडौं- राष्ट्रपति विद्यादेवी भण्डारीलाई कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ। त्रिवि शिक्षण अस्पतालमा उपचाररत राष्ट्रपति भण्डारीको स्वास्थ्य अवस्था सामान्य रहेको छ।
खोकी र ज्वरोको समस्या देखिएपछि राष्ट्रपति भण्डारी शनिबार अस्पताल भर्ना भएकी थिइन्। उनको आइतबार राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला टेकुमा स्वाब पठाइएको थियो। परीक्षणमा कोरोना पोजिटिभ देखिएको थियो।
राष्ट्रपति भण्डारीको शिक्षण अस्पतालको एनेक्स २ को डिलक्स क्याबिनमा राखेर उपचार भइरहेको छ।